१८ चैत, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८मा चार दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । बिसं २०४६ सालको जनआन्दोलन पछि पाटन मुक्त क्षेत्र घोषणा भएको दिन आज चार दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन । उनीहरुलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, पोलिट ब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपाल लगायतले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
वडा नम्बर १८ मगरगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै उपाध्यक्ष पौडेलले देशको एक नम्बरको पार्टी नेकपा एमालेमा दैनिक सयौ नेता र कार्यकर्ता प्रवेश गर्न थालेको बताए ।
बैशाख ३० गते हुने निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरी एक नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गर्दै उनले भने–स्थानीय निर्वाचनमा दुई तिहाई बढी सिट ल्याएर बिजयी हासिल गर्नेछ । उहाले पार्टी प्रबेशको लहर चलेपछि पाचदलीय गठबन्धन डराएको बताए ।
यो सरकारले स्थानीय निर्वाचन रोक्न सक्दो प्रयास गरेपनि एमालेको दबाबको कारण नरोकिएको बताए । ‘अब कसैले चाहेर पनि रोकिदैन, तपाईहरु निर्वाचनको परिणाम आएर विजयी जुलुश ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस–पुर्वमत्री समेत रहेका उपाध्यक्ष पौडेलले भने । उनले अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाए ।
नेकपा एमालेमहानगर कमिटिका इन्चार्ज मञ्जली शाक्यले मुलुकभर एमाले एक नम्बरको पार्टी हुने दाबी गर्दै त्यस सफलतको लागि आजैबाट ब्यापक प्रचारमा लाग्नुपर्ने बताए । कार्यक्रममा एमाले प्रदेश पुर्वमन्त्री एवं सांसद जीवन खड्का, एमाले वागमती प्रदेश सदस्य दामोदर खड्का र प्रदेश सदस्य अमृत खड्का, एमाले जिल्ला उपाध्यक्ष प्रेमभक्त महर्जनले ललितपुरको महानगर सहित सबै वडामा एमालेको जित सुनिश्चित भएको बताए । सबैको एउटै भनाई थियो– ललितपुर जिल्ला एमालेको लाल किल्ला हो, आजैबाट सबै नेता कार्यकर्ता एकजुट भएर प्रचारमा लागौ, सबै मतदाताको घरघरमा जाऔ ।
कार्यक्रममा १८ नम्बर निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । सोही कार्यक्रममा सातवटा टोल कमिटिका अध्यक्ष सहित पदाधिकारी र सदस्यको सपथग्रहण गरिएको थियो । निर्वाचन लक्षित टोल कमिटी गठन भएपछि सोहीअनुसार प्रचार लगायत क्रियाकलाप हुनेछ ।
सातवटा टोल कमिटिको अध्यक्षहरुमा थानागाउका इन्द्रलाल महर्जन, जलविनायकका जितलाल श्रेष्ठ (गोपाल), पाखागाउँका अस्मिता बोगटी, बत्सलादेवीका अञ्जु थापा, मिलनबस्तीका लक्ष्मण कट्वाल, मगरगाउका राममणी गौतम र खड्का गाउँका राधेश्याम खड्का लगायतलाई जिल्ला इन्चार्ज एवं एमाले पोलिटब्युरो सदस्य शुशिला नेपालले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । १८ नम्बर वडा कमिटीका अध्यक्षगोपाल डंगोलका अध्यक्षतामा भएको कार्यक्रममा उहाले आजैबाट पार्टी जिताउने अभियानमा लाग्नुपर्ने बताए ।





