अन्तर्राष्ट्रिय

चीन र म्यानमारका विदेशमन्त्री वीच भेटवार्ता

१९ चैत, होफेइ । चीनका विदेश मन्त्री वाङ यी र म्यानमारका यु वुन्ना माउङ ल्विनबीच भेटवार्ता भएको छ ।

उनीहरु बीच चीनको तुन्छीमा शुक्रबार भेटवार्ता भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । दुई देश बीचको परम्परागत सम्बन्धलाई थप बलियो बनाउन भेटवार्ता उपलब्धिमूलक भएको उनीहरूको भनाई छ । वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले म्यानमारलाई विगतमा गर्दै आएको सहयोग वृद्धि गर्ने प्रतिवद्धता पनि जनाएका थिए । म्यानमारका गत वर्ष सेनाले सत्ता हातमा लिएपछि कतिपय देशहरूले दिई आएको सहयोग कटौती गरेपनि चीनले भने बढाउदै लगेको हो ।

सेनाले चालेको कदमको विश्वका धेरै देशले विरोध गरेपनि चीनले भने विरोध गरेको थिएन । बरु म्यानमारका लागि अत्यावश्यक पर्ने कतिपय सहयोग चीनले नै दिएर म्यानमारको सङ्कट टारेको थियो ।

चीनले म्यानमारसँग विविध क्षेत्रमा सहकार्य र सहयोग बढाउन चाहेको पनि चिनियाँ विदेश मन्त्री यीले बताएका थिए ।

उनीहरूले कोरोनाभाइरसको महामारी विरुद्धका संघर्ष र आफूहरूले गरेको प्रयासका बारेमा पनि अनुभव आदान प्रदान गरेका थिए ।