२५ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शि, गैरजिम्मेवार र निन्दनीय भएको प्रतिकृया दिएका छन् ।
आज सरकारले गर्भनर अधिकारीलाई निलम्बन गरेको बिषयमा प्रतिकृया दिँदै ट्वीटरमा यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको भनेका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवातर्फ संकेत गर्दै गभर्नर अधिकारीलाई निलम्बन गर्ने कार्य सच्याउन आग्रहसमेत गरेका छन् ।
अध्यक्ष थापाको ट्वीटः अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शि, गैरजिम्मेवार र निन्दनीय छ।यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको छ।यो निर्णय तत्काल सच्याउनु राम्रो हुन्छ।प्रम २क्जभचद्यम्भगदबको ध्यान जाओस्।





