०७ वैशाख, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले नेबिसंघ नभएको भए नेपालमा लोकतन्त्र र गणतन्त्र आउने सम्भावना नभएको बताएका छन् ।
उनले नेबिसंघ सम्झँदा बिपी कोईराला, गिरिजा प्रसाद कोईरालालाई सम्झनुपर्ने बताउँदै बिपी कोईरालाले कहिल्यै पनि कम्युनिष्टलाई साथ दिनुहुँदैन भनेको स्मरण गर्नुपर्ने बताए ।
उनले बिपीले भनेपछि राजाको निरंककुशतन्त्रका कारण जनआन्दोलनमा कम्युनिष्टसँग काँग्रेस मिलेको बताउँदै किशुनजी, गणेशमान, र गिरिजा प्रसादले बनाएको बाटो काँग्रेसले बिर्षिएको एमालेका माथील्लो स्तरका नेताहरुले पनि मानेको बताए ।
उनले किशुनजीले एक्लै लड्ने कुरा बताएको, गिरिजाबाबुले माओबादीलाई शान्तीवार्तामा ल्याउँदापनि अरु दलसँग तालमेल गरेर नलडेको बताए । उनले शसील कोईरालाले गरेको निर्णयको स्मरण गर्दै नेपाली काँग्रेसको केन्द्रीय समितिको निर्णयलाई गलहत्याउँदै जिल्ला जिल्लामा शीर्ष नेताहरुले स्थानीय तहको निर्णय पठाईरहेको स्मरण गराए ।
डा कोईरालाले ३६ लाख काँग्रेसका नयाँ मतहरु भएको र त्यसलाई कम्तीम ४० लाम मत थप्नुपर्ने काँग्रेसका लागि आवश्यक भएको बताए । उनले नेपाली काँग्रेसले कसैको बैसाखी लिएर हिँड्नुनपर्ने भन्दै त्यसका लागि आवश्यक परे काँग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिमा कुरा उठाउने बताए ।
उनले नेविसंघका नेताहरुलाई राष्ट्रियता, प्रजातन्त्र र समाजबादको नारालाई अगाडी बढाएर हिँड्न आग्रह गरे ।






