०७ वैशाख, काठमाडौं । नेपाली काँग्रेससहित पाँच दलीय गठबन्धनले ६ वटा महानगर र ११ वटा उपमहानगरको स्थानीय तहको भागबण्डाको अन्तिम टुंगो लगाएका छन् ।
आज बसेको प्रधानमन्त्री निवास बालुवाटारको पाँच दलीय सत्ता गठबन्धनको बैठकले भरतपुरमा माओबादी, बिरगंजमा जसपा, पोखरामा एकीकृत समाजबादी र काठमाडौं लािलतपुर र बिराटनगरमा काँग्रेसको भागमा दिँदै महानगरको टुंगो लगाएको छ ।
केहीदिनदेखी निरन्तर बसेको बैठकले ११ वटा उपमहानगरमध्ये धरान, इटहरी, कलैया, बुटबल, तुलसीपुर, नेपालगंज र धनगढी कँँग्रेसले उपमहानगरपालीकाको मेयर पदमा भाग लगाएको छ भने तीतपुर सिमरा अनि घोराहीको प्रमुख पदको जिम्मेवारी पाएको छ । यस्तै एकीकृत समाजबादी पार्टीले हेटौंडाको मेयरको भाग पाएको र जनता समाजबादीले जनकपुर उपमहानगरको भाग पाएको छ ।
यसैगरी उपमेयर वा उपप्रमुखमा भाग लगाउँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर रहेको सहमती पत्र सार्बजनिक भएको छ ।
(सहमतीपत्र:






