१० बैसाख, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरको मेयरमा केशब स्थापीतलाई अघि सारेको छ । नेपाली काँग्रेसले घोषणा नगरेको भएपनि काँग्रेस नेता प्रकाशमान सिंहलाई उम्मेद्वार बनाउने पक्कापक्की भएको अवस्थामा एमालेले केशब स्थापीतलाई महानगरको उम्मेद्वार बनाउने निश्चित भएको हो ।
मोडेल सुनिता र्डैगोललाई उपमेयरको उम्मेद्वार बनाउने एमालेले अर्को निर्णय गरेको छ । सुनिता डैगोल स्वतन्त्र रुपमा मेयरमा निर्बाचन लड्ने घोषणा गरेकी थिईन् ।
स्थापीत काठमाडौं उपत्यकाका जनताकाबीच लोकप्रीय मानिन्छन् । सुनिता डंगोलले लोकप्रीय घोषणापत्रसमेत सार्बजनिक गरेकी थिईन् ।





