अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस टर्की जाने

१२ बैशाख, अंकारा । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस टर्कीको भ्रमणमा जाने भएका छन । संयुक्त राष्ट्रसंघीय महासचिवको कार्यालयले सो कुराको जानकारी गराएको छ। उनले युक्रेनमा जारी रहेको रुसको आक्रमणका विषयमा सो भ्रमणका क्रममा कुराकानी गर्ने भएका छन ।

उनले रुस र युक्रेनको पनि भ्रमण गर्न लागेका छन । त्यस अगाडि उनी टर्की जान लागेका समाचारमा जनाइएको छ । राष्ट्रसंघीय महासचिव गुटर्रेसले आज टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने बताइएको छ ।

टर्कीको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले टर्कीका राष्ट्रपति एर्दोगानसँग भेट गरी युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्ने बताएका छन । युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ । टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ ।