आर्थिक

गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१२ वैशाख, काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारण सभा पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गरिएको थियो । साथै, शेयरधनीहरुलाई उल्लेखित सभामा उपस्थित हुन विभिन्न सूचनाका माध्यमबाट आमन्त्रण गरिएको थियो ।
सभामा आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने,
कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ ।
संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने निर्णय थपेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजी एघार करोड एकासी लाखको १५.६५ प्रतिशतले हुन आउने रकम अक्षरेपीः रु एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे र पैसा त्रियानब्बे मात्र) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरी को रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप/संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम बृद्धि गर्ने, प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।