२१ वैशाख, काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।
मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । उनी यस अघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए र उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ ।
विगत तीन दशक भन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए । २०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । हाल प्रद्युमन पोखरेल डेभलपमेन्ट बैंकरर्स असोसिएसन नेपालका अध्यक्ष समेत रहेका छन् र नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी समेत भएका थिए ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग -बचत सेवाको्, कर्जा सेवा आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।





