राजनीति

प्रकाशमानको ठोकुवा: भर्खरै खुलेका नयाँ पार्टीले केही गर्न सक्दैनन्

७ सावन, काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले भर्खरै खुल्दै गरेका पार्टीले विकल्पको नाममा केही गर्न नसक्ने बताएका छन् ।

राजधानीमा आयाेजित एक कार्यक्रम बाेल्दै नेता सिहले परिवर्तनका लागि यतिकाे याेगदान दिएका कांग्रेस- एमाले जस्तो पार्टीहरुलाई त काम गर्ने मुस्किल परिरहेकाे अवस्था नयाँ दल खाेल्दैमा तीनले केही गर्न नसक्ने बताएका छन् । हिजाे के के न गर्छु भनेर काठमाडौमा चुनाव लड्न आएका नेताले समाज र देश परिवर्तन गरे, कि आफू परिबर्तन भए, त्याे कुरा अब पनि भनिरहनु नपर्ने भन्दै चुनाव लड्नु मात्रै पार्टी खाेल्नेहरु र मुलुकका नागरिकको अधिकार काेलागि बलिदान दिएका हण्डर-ठक्कर खाएर खारियर आएका जेल गएका पार्टी र नेताहरुका बारेमा हल्का रुपमा तुलना गर्न नहुने समेत बताएका छन् ।
अहिले नयाँका नाममा जुन अनावश्यक भ्रम फिजाईन खाेजिदैछ त्यसले मुलमा लोकतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउन दलहरुले खेलेकाे भुमिकालाई ओझेलमा पार्न खाेज्नु मुलुकै लागि दु:खद हुने भन्दै राजनीतिक दलहरुले भने आफ्नो कार्यसैलिलाई समयकाे माग र जनचाहना अनुरुप बनाउदै लानु पर्ने बताएका छन् ।
अहिले काम केही नगरने सामाजिक संजाल मार्फत नेता बन्ने लहर चलेकाले रहर गर्नु नराम्रो नभएपनि राजनीति आन्दोलनमा कहि नदेखिने जनतालाइ समस्या पर्दा कतै नभेटिनेहरुले कसरी देश र जनताकि सेवा गर्छन भनेर बिश्वास गर्ने भनेर प्रश्न समेत गरेका छन् ! दल परिवर्तन गर्दै हिड्ने आफ्नो प्रतिबद्धताबाट आफै परिवर्तन हुनेहरु शीत के आस गर्ने ? उनको प्रश्न थियाे ? कांग्रेसले अवसर पाउँदा निभाउनु पर्ने भुमिका निभाएकाले कांग्रेस मात्रै मुलुककाे हावा-पानी जनजनमा भिजेकाे पुरानो लाेकतान्त्रिक पार्टी रहेकाले अब पनि कांग्रेसकै नेत्रित्वमा नेपाली जनताकाे समृद्धिकाे चाहाना पुरा गर्ने काममा कांग्रेस लाग्ने बताएका छन् । कार्यक्रममा बागमती प्रदेसका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, काठमाडौ महानगरपालिका वडा नं ११का वडा अध्यक्ष हिरालाल तन्डुकार लगायतले आफ्नो कुरा राखेका थिए। कार्यक्रम बबरमहलस्थित राताे कुमारि मन्दिर परिसरमा भएकाे थियाे ।