आर्थिक

जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज बुटवल बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

११ साउन, काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि., बुटवल बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि., को तर्फबाट प्रवन्धक निर्देशक भिम प्रसाद तुलाचनले हस्ताक्षर गरेका छन् ।
। यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले
बीमालेखको सीमा सम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि. बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गरिने बताएका छन् ।