आर्थिक

रु छ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति

२२ साउन, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ । प्रदेशको सरकारको कूल रु छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएको हो ।

मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज  कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गते सम्म  यो सडकखण्डको निर्माण  सम्पन्न हुने जनाइएको छ । उक्त सडक स्तरोन्नतिको काम  शिवा कन्स्ट्रक्सन प्रालि, काठमाडौँले पाएको हो । 

वीरगञ्ज –१६ नगवादेखि साढे चार किलोमिटर लम्बाइको सडक निर्माणका लागि  काम सुरु भएको  छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निमार्णको  योजना अघि बढाइएको हो ।