समाचार

जसपाबाट मन्त्री बनेकाहरु हटाउने तयारीमा प्रधानमन्त्री देउवा

२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजबादीबाट मन्त्री बनेकाहरुलाई हटाउने तयारी गरेका छन् ।
जनता समाजबादी पार्टी गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग गठबन्धनमा गएपछि जसपाबाट सरकारको प्रतिनिधित्व गरेसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई हटाउन प्रधानमन्त्री देउवाले कानून ब्यावशायीहरुसँग आन्तरिक परामर्ष थालेका छन् ।
मंसिर ४ गते हुने निर्बाचनका लागि आचारसंहिता लागिसकेकाले मन्त्रीपरिषद बिस्तार, पुनःगठन गर्न नमिल्ने हुँदा कानूनी बाटो खोल्ने उपाय खोज्न प्रधानमन्त्री देउवा लागेका छन् । गठबनधनमा जसपा बाहिरीएपछि लोसपा भित्रिएको छ ।