१६ कात्तिक, दुहबि । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ सुनसरिको आयोजना मा आसन्न मंसिर ४ गते हुने संघिय तथा प्रादेशिक उमेदवार लाइ जिताउन निर्वाचन परिचालन तथा प्रचार प्रसार गर्नका लागि बाम ( लोकतान्त्रिक गठबन्धन चुनाव प्रचार प्रसार समितिको संपर्क कार्यलय को आज प्रमुख अतिथि क्षेत्र नम्ब ३ प्रतिनिधि सभा सदस्य पदका उमेदवार बिजय कुमार गच्छादारको बाहुलि बाट उद्घाटन भएको छ्।
क्षेत्र नम्बर ३ का सभाप्ति मेहेदि हुसैनको सभापतित्वमा विशिस्ट अतिथिहरु प्रदेश सभा क का सरस्वती पोखरेल, प्रदेश ख का बिन्देवर यादव, कल्पना चौधरि, कल्पना कार्कि, लगायत को उपस्थिति मा उक्त उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा नेपाली काँग्रेस प्रति आस्थावान् नेता, कार्यकर्ता, माहाधिबेशन प्रतिनिधि, जिल्ला तथा क्षेत्रका प्रतिनिधि तथा सदस्य, नगरपालिका गाउपालिका , वडा , टोल समितिका पदाधिकारी तथा सदस्य हरु, विभिन्न भातृ तथा सुभेशुक संस्थाका प्रतिनिधि तथा सदस्यहरु लगायत सम्पुर्ण क्षेत्र नम्बर ३ निवासि आमा बुबा दाजुभाइ दिदि बैनिहरु लगायत बाम लोकतान्त्रीक का नेता कार्यकर्ता हरुको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रम लाइ सम्बोधन गर्दै प्रतिनिधि सभा का उमेदवार बिजय कुमार गच्छादारले अब समय अतिनै छोटो भएको हुदा एक मिनेट पनि खेर नफालि मैदान मा खटिन आव्हान गरेका छन्। आफ्नो जन्मथलो , रगत पसिना बगाएको जन्मभुमि का जनताले आफु लाइ जिताएरै छाड्ने उनले ठोकुवा गरेका छन्। प्रतिपक्षि उमेदवार प्रति लक्षित गर्दै उनले आफु सग सिरक र बृफकेश बाढ्ने सम्पत्ति नभए पनि ५५ वर्षे राजनिति इतिहास मा कमाएको जनताहरु नै अमुल्य सम्पति भएको हुँदा त्यो सम्पत्ति कहिल्यै खेर नजाने र यो पटक पनि विजयी बन्ने आशावादि रहेको जनाए।





