२० कात्तिक, ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा गठीत ललितपुर क्षेत्र नम्बर ३ र प्रदेश सभा क को समितिको बैठकले उक्त निर्बाचन क्षेत्रमा काँग्रेस समानुपातिक उम्मेद्वारलाई बिजय गराउन प्रदेश सभा स्तरमा बिशेष समिति गठन गरेको छ ।
नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका निबर्तमान अध्यक्षसमेत रहेका नेता बस्नेतको अध्यक्षतामा गठी बिशेष प्रतिनिधिको उक्त बैठकमा केन्द्रीय सदस्य धना खतिवडा र मुख्यसचिव कृष्णचन्द्र पौडेलकोसमेत उपस्थिति रहेको थियो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता बस्नेतलाई केन्द्रीय बिशेष प्रतिनिधि तोकेपछि नेता ब्स्नेत आफ्नो क्षेत्रमा काँग्रेसलाई विजय गराउन दैनिक प्रयत्न गरिरहेका छन् ।
नव गठीत बिशेष समिति महेश्वर थापाको संयोजकत्वमा बिरेन्द्र महर्जन र तारादेवी खनाल सदस्य रहेका छन् ।








