अन्तर्राष्ट्रिय

जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्ने : महासचिव गुटेरेस

२१ कात्तिक, शर्म अल शेख । जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार इजिप्टमा आयोजित ग्लोबल वार्मिङलाई नियन्त्रण गर्ने विषयमा जारी कार्यक्रममा विश्वका नेताहरू माझ आफ्नो सो धारणा राखेका हुन् ।
कोभिड महामारीको प्रकोप र युक्रेन-रूसको युद्धबाट सङ्कटग्रस्त विश्व अर्थतन्त्र र यसका असरबारे टिप्पणी गर्दै महासचिवले यस्ता घटनाक्रमले अन्तरराष्ट्रिय सम्बन्ध नै दबाबमा परेको समेत टिप्पणी गरेका छन् ।
“मानवतासँग विकल्प छस् सहयोग गर्नुहोस् वा नष्ट गर्नुहोस्,” महासचिवले शर्म अल-शिकको रेड सी रिसोर्टमा आयोजित संयुक्त राष्ट्रसंघ कोप२७ शिखर सम्मेलनमा सो कुरा बताउँनु भएको हो। “यो या त जलवायु एकता सम्झौता हो, वा सामूहिक आत्महत्या सम्झौता हो।” उनले भने।
गुटेरेसले धनी देशहरू र उदीयमान अर्थतन्त्रहरू बीचको “ऐतिहासिक” सम्झौताको लागि आह्वान गर्दै जसले उत्सर्जन घटाउने र तापक्रम वृद्धिलाई पूर्व-औद्योगिक युग भन्दा माथि १.५ डिग्री सेल्सियसको पेरिस सम्झौता लक्ष्यलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
उनले चेतावनी दिदै हालको प्रक्षेपणमा, “हामी हाम्रो खुट्टा अझै एक्सेलेटरमा रहेको नरकको मौसमको राजमार्गमा छौं”भनेका छन् ।