२४ कात्तिक, काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “Daraz 11.11 ” मा विशेष छुट दिने सहकार्य भएको छ ।
योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २,५००/– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु ३,०००/– सम्मको छुट प्राप्त गर्न सकिनेछ । यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने छ । छुटका लागि ग्राहकहरूले दराजबाट
बैंक भौचर सङ्कलन गनुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शुन्य ब्याजदरमा मासिक किस्ताबन्दी (IME)सुविधा पनि प्राप्त गर्न सकिनेछ ।
यो योजना २०७९ कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागु हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटले, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।





