समाचार

देशकै चर्चित काठमाडौं १ मा २७ हजार १८ मत खस्यो, प्रकाशमान सबैभन्दा बलिया

४ मङ्सिर, काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ मा २७ हजार १८ मत खसेको छ । ४५ हजार १८ जना मतदाता भएको देशकै देशकै चर्चित क्षेत्र काठमाडौं क्षेत्र नम्बर १ का सबै २२ मतदान केन्द्रमध्ये कसैभन्दा कम ५७ प्रतिशत र सबैभन्दा बढी ६५ प्रतिशत मत खसेको छ ।
काँग्रेस नेता प्रकाशमान सिंह, राप्रपा बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, पूर्व डीआईजी रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, अधिवक्ता बालकृष्ण न्यौपानेलगायतका चर्चित अनुहारको प्रतिष्पर्धा भएका कारण काठमाडौं -१ को चर्चा अलि बढी हुने गरेको छ ।
उम्मेद्वारहरुमा प्रकाशमान सिंह सबैभन्दा बलिया भएपनि स्थानीय मतदाताले यसले नै जित्छ भनेर भबिष्यबाणी गर्न सकेका छैनन् । आजैदेखी काठमाडौं १ को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने जनाईएको छ ।

काठमाडौं क्षेत्र नं १ को प्रदेश क्षेत्र २ मा कुल ११,३७२ मत खसेको छ जुन ६१ मतदान हो । १५ हजार ६४६ प्रदेश सभा क मा खसेको छ । १५ हजार ६४६ प्रदेश सभा क मा खसेको छ ।


यस्तो छ मत खसेको विवरणः
प्रारम्भिक तथ्यांक अनुसार काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं. १ मा २७,०१८ (६०.०२ प्रतिशत) मत खसेको छ।
वडा नं.१० –७०६८ (५९.८४ प्रतिशत)
वडा नं. ११ – ३६४७ (५९.३८ प्रतिशत)
वडा नं. २९ – ४९३१ (५८.१४ प्रतिशत)
वडा नं. ३१ – ११३७२ (६१.२० प्रतिशत)