६ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनि िसभा सदस्यमा बिजय भएका छन् ।
नेता सिंह ७ हजार १३९ मतसहित चौथोपटक यस क्षेत्रबाट बिजय भएका हुन् ।
निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र मिश्रले ७ हजार ११मत ल्याएका छन् । देशभर बिेष चासोको रुपमा हेरिएको काठमाडौं क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्बाचनमा रास्वपाबाट पुकार पुकार बम, एमालेबाट किरण पौडेल, आमा चिन्हबाट रमेश खरेललगायत प्रतिष्ठीत र चर्चित ब्यक्तीहरुले प्रतिष्र्पा गरेका थिए ।
नेता सिंहले १२८ मतको अन्तरले मिश्रलाई उछिन्न सफल भएका छन् । सुरुवाती मतगणनामा मिश्रलाई पछि पारेका नेता सिंहले अन्तिम समय आउँदै गर्दा मिश्रलाई उछिन्दै गएका थिए ।
काठमाडौं क्षेत्र नम्बर १ मा जम्मा ४५ हजार १८ मतदातामा २७ हजार १८ मत खसेको थियो । एमालेका किरण पौडेलले ३५ सय ८, रास्वपाका पुकार बमले ४१ सय १२, नेपाल सुसासन पार्टीका रमेश खरेलले ३१ सय २१ मत प्राप्त गरेका छन् ।
काँग्रेसका संस्थापक नेता एबम् लौह पुरुष गणेमान सिंहका पुत्रको रुपमा चिनिने नेता सिंह कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका र नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री भएका थिए ।





