११ मंसिर, काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ ।
१) देशको विविध छ स्थानमा ‘गो क्यासलेस’ अभियान
नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप यस बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्पmत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ । जस मध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोह बैंकले आफ्नो वाह्रांै वार्षिकोत्सवको दिनमा र वार्षिकोत्सवको लगत्तै पछी नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल छ स्थानहरुका ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरीने कुरा बैंकले जनाएको छ ।
जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गर्नुभएको थियो । समुद्घाटन समारोहमा बोल्दै वहाँले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्घिको पथमा डोराउने कुरा भन्नुभयो ।
नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताउनु भयो ।
उक्त समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डे, संचालकहरु अम्बीर बोगटी, प्रकाश तायल, युगेश बहादुर मल्ल, शम्भू प्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, विभिन्न टेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरु, फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरु तथा सर्वसाधरणको वाक्लो उपस्थिति थियो ।
अब उक्त क्षेत्रका सफा टेम्पोहरुमा यात्रा गर्नुहुने यात्रीहरुले आफ्नो मोबाईल बैकिङ्ग एप अथवा स्मार्ट वालेट एप मार्फत बिना कुनै झन्झट भुक्तानी गर्न सक्नेछन जस्ले गर्दा खुद्रा पैसाको झन्झटबाट पनि मुक्ती मिल्नेछ ।
२) जावलाखेल शाखामा प्रायोरीटि बैंकिग सेवाको उद्घाटन
बैंकको जावलाखेल शाखामा प्रायोरीटि बैंकिग सेवाको शुरु गरेको छ जसको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डे तथा बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयूक्त रुपमा गर्नु भएको छ ।
३) याङ्वरक शाखामा एटिएम सेवा प्रारम्भ
बैंकले आफ्नो पाँचथर स्थित याङ्वरक शाखामा एटिएम सेवा प्रारम्भ गरेकोे छ जसको समुद्घाटन याङ्वरक गाउँपालिकाका अध्यक्ष भिम बहादुर योङ्याले गर्नुभएको छ । याङ्वरक देशकै विकट दूर्गम स्थानमा पर्दछ जसमा सिभिल बैंकले मात्रै उपस्थिति जनाएको छ साथै यस एटिएम उक्त गाउँपालिकाको पहिलो एटिएम हो । यस एटिएम सेवाले त्यस भेगका स्थानियलाई सेवाको अतिरिक्त आधुनिक बैंकिंग सेवाको वारेमा पनि बुझ्न मद्दत गर्नेछ ।
सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः
४) रक्तदान कार्यक्रम – देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३६ स्थानका निम्न उल्लिखित ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे जसबाट कूल ९८४ पिन्ट रगत संकलन गरीएको थियो ।
प्रदेश नं. १ – बिराटनगर, पुष्पलालचोक, दुहबी, ईटहरी, बिराटचोक, बिर्तामोड, अर्जुनधारा, धरान
मधेश प्रदेश – विरगंज, जनकपुर, गोलबजार
बागमती प्रदेश – मुख्य शाखा, न्युरोड, बाङ्गेमुढा, त्रिपुरेश्वर, बनेपा, धुलिखेल, पाटन सुन्धारा, दौबहाल, जावलाखेल, कुमारीपाटी, नयाँ बानेश्वर, मध्य बानेश्वर, कमलादी, अनामनगर, पुतलीसडक, बौद्ध, चाबहिल, कपन, अत्तरखेल, कुलेश्वर, भिमसेनस्थान, टाँडी, खुरखुरे, नारायणगढ, पार्वतीपूर, गोंगबु, किर्तिपुर, स्वयम्भू, सुर्यविनायक, टोखा, नखिपोट, गोठाटार, हेटौडा, सिन्धुर्ली
गण्डकी प्रदेश – शिवचोक, पोखरा, कावासोती, लेखनाथ, दमौली
लुम्बीनी प्रदेश – भैरहवा, बुटवल, मणीग्राम, घोराही, नेपालगंज, लमही
सुदूरपश्चिम प्रदेश – धनगर्ढी, लम्कीचुहा, महेन्द्रनगर
५) जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमहरु – देशभर छरिएका बैंकका ५७ स्थानमा निम्न उल्लिखित शाखाहरु मार्फत विपन्न तथा जेहन्दार छात्राहरुलाई छात्रवृति कार्यक्रमको आयोजना गरि सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप रु ५,००० प्रदान गरेकोछ ।
प्रदेश नं. १ – दमक, उर्लाबारी, गाईघाट, ओखलढुङ्गा, याङवरक, माईजोगमाई, सुनवर्सी, हिलिहाङ, सुरुङ्गा, दुधे, रबी, भद्रपुर, फिदिम
मधेश प्रदेश – पकाहमैनपुर, धनकौल, ढल्केबर, गोलबजार, लहान, गरुडा, धनगढीमाई, गन्जभवानिपुर, चन्द्रनीगाहपुर, निजगढ, जितपुर सिमरा, कलैया, मलङ्गहवा
बागमती प्रदेश – बाहृबीसे, मेलम्ची, धादिङ्गबेशी, साँखु
गण्डकी प्रदेश – आरुघाट, लेखनाथ, मालिङ्ग, गौंडा, भुलभुले, राइनास, बेशीशहर, धार्चे, लामाचौर
लुम्बीनी प्रदेश – विजुवार, तुलसीपु्र, माण्डवी, लालमटिया, ठाकुरद्वारा, शितलाबजार, कोहलपुर, सुनवल, जितपुर कपिलवस्तु
कर्णाली प्रदेश – रुकुम, सल्यान, भैरवी, शिवालय, बिरेन्द्रनगर, छिन्चु
सुदूरपश्चिम प्रदेश – जानकी, आदर्श, बान्नीगढी जयगढ, भजनी
६) वित्तिय साक्षरता कार्यक्रमहरु – बैंकले आफ्नो विभिन्न शाखाहरु मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरुलाई बैकिङ्ग तथा वित्तिय ज्ञान सम्वन्धी वित्तिय साक्षरता कार्यक्रम संचालन गरेकोछ । जसमा देशैभरीबाट करिब पाँच सय जनाले सहभागीता जनाएका थिए ।
७) कार्तिक नाँचलाई आर्थिक सहयोग – मल्लकालीन राजा सिद्धी नरसिंह मल्लको पाला देखी प्रदर्शन हुँदै आएको ३८३ बर्ष पुरानो ललितपुरको प्रसिद्ध परम्परागत, सांस्कृतिक एवं ऐतिहासिक नाँच “कार्तिक नाँच”को संरक्षणको लागि बैंकले रु ७५ हजार आर्थिक सहयोग गरेको छ ।
८) नेपाल बाल संगठनलाई आर्थिक सहयोग – बैंकले नेपाल बाल संगठनमा आश्रित करिब ३५० जना बालबालिकाहरुको लागि विभिन्न स्टेशनरी सामाग्रीहरुको खरिद गर्न रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
९) निःसहाय सहयोग परिषदलाई आर्थिक सहयोग – बैंकले सुनसरी जिल्ला स्थित धरानमा रहेको निःसहाय सहयोग परिषदको तालिम भवन निर्माण गर्न रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त संस्थाले विपन्न तथा पिछडीएका बालबालिकाहरुलाई प्राथमिक तह देखी उच्च तहसम्मको शिक्षा प्रदान गर्ने तथा बिभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै आएको छ ।
१०) राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग – बैंकले महाबिर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रको ‘उच्च प्रविधि क्लासरुम परीयोजना’का लागि रु ५० हजार आर्थिक सहयोग उपलब्ध गरेकोछ ।
११) अपाङ्गता संरक्षण नेपाललाई आर्थिक सहयोग – बैंकले अपाङ्गता संरक्षण नेपाललाई दृष्टी विहिन व्यक्तिहरुको लागि १०० वटा सेतो छडी खरिद गर्नका लागि रु ९५ शजमर आर्थिक सहयोग उपलब्ध गरेकोछ ।
१२) बेगनाश तालमा लाईफ ज्याकेट हस्तान्तरण – बैंकले कास्की जिल्ला स्थित बेगनाश तालको डुंगा व्यवसायीलाई डुंगाको सवारी गर्नेहरुको सुरक्षाको लागी १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरेको छ ।
रु. ९५.२३ अर्व निक्षेप संकलन गरि करिव रु. ८७.४० अर्व ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्षर१० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरुलाई अभिनन्दन गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।





