४ पौस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन्।
सो दलको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति लामिछानेलाई सर्वसम्मतिले नेता चयन गरेको केन्द्रीय सदस्य एवं प्रतिनिधि सदस्य सोविता गौतमले जानकारी दिए ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ३ गते आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएसँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूले आफ्नो पार्टीको संसदीय दलको नेता चयन गर्न लागेका छन् ।





