११ माघ, काठमाडौं । आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यलाई शहिद घोषणा गर्न माग गरिएको छ । आचार्य बन्धु समाज नेपालले एक विज्ञप्ती जारी गर्दै सरकार समक्ष तत्काल शहिद घोषणाको माग गरेको छ।
समाजका महासचिव बाबुराम आचार्यद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘सचेत र शिक्षीत नागरिकसमेत भएकाले केही उनले मानेका अग्रजहरुलाई भेटेर आफ्नो र देशको समस्या समाधान गर्ने उपाय खोज्ने प्रयास गर्दा त्यो समेत असफल भएपछि हिजो बुधबार देशको केन्द्रीय राजानी काठमाडौंको नयाँबानेश्वरमा आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मादह प्रयास गरेका छन्, त्यो खुःखदायी छ’ ‘प्रेम आचार्यको आज निधन भएपछि तत्काल सहीद घोषणा गर्नुपर्ने आचार्य समाज माग गर्दछ ।’ उनले भनेका छन्
समाजले अन्तर्राष्ट्रिय समुदायलाई छलफल गर्न बाध्य गराउनेगरी देश र जनताको हितमा २५ बुँदे सुझावसहित आत्मदाह गर्नुलाई १० बर्षे हिँसात्मक जनयुद्धभन्दा बढी मूल्यमा क्रान्तिको उपमा दिँदा जायज हुने तर्क गरेको छ ।
आचार्य समाजले आचार्यको परिवारलाई एक लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ । विज्ञप्तीमार्फत समाजले राज्यले नैतिक रुपमा उनको परिवारमा आएको सबै ऋण तिरिदिनुपर्ने, छोराछोरीलाई आजीबन पढाईदिनुपर्ने लगायतको माग पनि राखेको छ ।
उनले सार्बजनिक रुपमा स्व आचार्यकी श्रीमतीको खाता नम्बरमा रकम सहयोग गरी बालबच्चा पढाउन सहयोग गर्न आहेवानसमेत गरेका छन् । महासचिव आचार्यले तत्कालका लागि समाजले एक लाख रुपैयाँ सहयोग गर्ने पनि बताएका छन् ।







