प्रदेश 1

क्यान्सर पीडित समाजसेवी चन्द्रकुमार राईद्वारा सहयोगको अपिल 

१ फागुन, खोटाङ । खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका समाजसेवी चन्द्रकुमार राई क्यान्सरबाट पीडित भएका छन् । पेशाले ट्रेकिङ गाइड गरेका राई विगत ६ महिना अगाडिदेखि क्यान्सरबाट पीडित भएका हुन् । 

उनी अहिले भारतको राजिब गान्धी क्यान्सर इन्स्टिच्युट एड रिसर्च सेन्टर हस्पिटलमा विगत ६ महिना अगाडिदेखि उपचार गर्दै आएका छन् । उनको उपचारको लागि  १८ लाखभन्दा बढी खर्च भइसकेको जनाएको छ । आफ्नो आर्थिक अवस्थाले नभ्याउने भएपछि राईले आफ्नो उपचारको लागि सहयोग अपिल गरेका छन् । 

जिल्लाको साबिक सुन्तले गाविस वडा नम्बर ३ साकुमा लगायत अन्य गाउँका बासिन्दालाई खानेपानी, शौचालय, टुकी बत्ती, सोलार, सिँचाइ, औषधि, कम्प्युटर शिक्षाको समस्याबाट मुक्त बनाएका राईले उपचारको लागि सहयोग अपिल गरेका छन् । 

आफूले लामो समय देखि समाजसेवा गर्दै आएको र अहिले आफै क्यान्सरबाट पिडित पछि आफ्नो आर्थिक अवस्थाले सकेसम्म उपचार गरिसकेको र अब आफ्नो आर्थिक अवस्थाले नभ्याउने भएपछि सहयोगका लागि अपिल गरेको राईले जानकारी दिए । 

‘पेशाले ट्रेकिङ गाइड गर्छु । विगत ६/७ महिनादेखि  भारतको नयाँ दिल्ली स्थित राजिब गान्धी क्यान्सर इन्स्टिच्युट एड रिसर्च सेन्टर हस्पिटलमा दीर्घ क्यान्सर रोगको उपचार गराई रहेको छु । उपचार गर्ने क्रममा यहाँसम्म आइपुग्दा पनि आफ्नो आर्थिक बलबुताले भ्याएसम्म यहाँहरूलाई  दुःख दिएर किन सहयोगको अपिल गरौँ जस्तो लागेको थियो । तर अब म विगत २/४ वर्षदेखि भुकम्प, कोरोना आदि समस्याबाट आर्थिक भारमा थिए । अहिलेसम्म छोरीहरूको सहयोगले लगभग १७/१८ लाख खर्च भइसक्यो । हरेक महिनामा नेपाली २ लाखको औषधि खानु परि रहेकाले निकै मुस्किल भएको महसुस गरेर यहाँहरू समक्ष सहयोगको अपिल गर्न चाहन्छु । तपाईँहरूको माया र सद्‌भावले बाँकी जीवन पनि आफ्नै गाउँघरको सामाजिक कार्यलाई दिने वचन दिदै सानो सहयोगको अपिल गर्न चहार्छु’, क्यान्सर पीडित राईले भने । 

राईले विद्यालय भवन, स्वास्थ्यचौकीलाई औषधि, विद्यालयलाई कम्प्युटर स्थापना लगायत सुन्तले बासिहरूको लागि ठुलो योगदान पुर्याएका छन् । साकुमा, माकापु, चेकेथुम, बासिन्दाहरूको लागि घन्टौँ समय लगाएर खानेपानी बोक्नुपर्ने समस्याबाट मुक्त गरि घरघरमा धारा निर्माण गरिदिएका छन् । 

त्यस्तै, उनले प्रत्येक घरघरमा शौचालय समेत बनाइ दिएका छन् । उनले साकुमा फ्रेन्डसिप ट्रस यूकेबाट सहयोग संकलन गरि सहयोग लिएर आफ्नो गाउँका लागि समाजसेवा गर्दै आएका थिए ।

उनले २०४९ मा साकुमामा खानेपानी, २०५१ मा चेकुथुममा खानेपानी, २०५२ मा माकापुमा खानेपानी, ०६६, मा साकुमामा शौचालय, ०६९ मा हेल्थपोष्टलाई दराज, ०६२ मा साकुमा, राछालुङ, बिसुन्तुङलाई सोलार टुकी, ०६६ मा साकुमालाई सोलार प्यानल, ०६७ राछालुङ, बिसुन्तुङलाई शौचालय, ०६९ मा सुन्तले स्वास्थ्य चौकीलाई शौचालय, ०७० मा सुन्तले स्वास्थ्य चौकीलाई औषधि, ०६५ मा साकुमा स्कुललाई खेलकुद सामाग्री र ०७० मा सोलर प्यानल सबै गाँउलाई उपलब्ध गराएका थिए । 

त्यस्तै, ०७२ मा चेकेथुम स्कुल प्लास्टर  ०७१ मा माकापु स्कुललाई शौचालय, ०७५ मा श्री ज्यू मावि सुन्तले स्कुललाई १५ वटा कम्प्युटर चल्ने  सोलर प्यानल उपलब्ध, ०७५ मा श्री ज्यू माविलाई १० वटा कम्प्युटर उपलब्ध, ०७९ मा साकुमा मन्दिर  घेराबारा लगायत समाजसेवी कामहरु गरिसकेका छन ।
  
उनले समाजसेवी केदार कुमार मगरसँग गरेको कुराकानी : ‘जीवनको भोगाईमा मैले गरेको सामाजिक कामलाई कहिलै सार्वजनिक रुपमा लम्बाई चौडाई गरेर देखाउन चाहिन । म आफ्नो सामाजिक कार्यमा लागि रहन्थे । तर जीवनमा यस्तो पनि मोड आउँछ र यस्तो मोडमा आएर यहाँहरूलाई एक पटक मैले गरेको सामाजिक कार्यलाई पछाडि फर्केर स्मरण गराउन पर्छ भनेर जीवनमा कहिलै सोचेको थिईन । तर आज यहाँहरूलाई स्मरण गराउन बाध्य भए । त्यसैले सम्झना स्वरुप स्मरण गराउन चाहन्छु ।

२०४९ देखि २०७९ सालसम्म दुई बिदेशी नागरिकसँग सहकार्य गरेर साकुमा फ्रेन्ड सिप ट्रस यूकेको नामबाट डोनरहरुको सहयोग संकलन गरेर मैले मेरो गाउँलाई अँध्यारो देखि उज्यालो तिर, लान सोलार टुकी र सोलार प्यानल, दिशा मुक्त क्षत्र गरि शौचालय, विद्यालय भवन निर्माण, सिंचाई, स्वास्थ्य चौकिलाई औषधि,कम्प्युटर शिक्षा, अक्षयकोष स्थापना लगायत धेरै, थोरै सामाजिक कार्यहरु सहयोगीहरुको साथ सहयोगमा योजनाहरु गरि रहेको थिए । त्यस ताका मैले दुःख सुखका पाटाहरु धेरै खेपेको छु । तर पनि मेरो जन्म भुमिलाई मैले यति गर्नु पाउँदा म धेरै खुशी छु । 

त्यो समयमा धेरै दु:खको थियो । यातायातको सुबिधा थिएन । ईन्जिनियर आएर नापजाप गरिदिने सुबिधा पनि थिएन । भर्लाको डोरीले दुरि नापेर अनि खाने पानीको पाईप काटेर हामी आफैले जोडेको याद छ । ईन्जिनियर मेरै गाउँको स्थानिय दाजुभाईहरुलाई बनाएको याद छ । त्यसरी नै अहिलेको जस्तो नेट ईन्टरनेटको जमना थिएन । त्यो बेला चिट्ठी लेखेर पठाउनु पर्ने थियो । अनि एउटा फ्याक्स गर्नको लागि पाँच सय तिरेर गर्नु पर्थ्यो । गाईघाटबाट मान्छेले भारी बोकेर सामान धुवानी गर्नुपर्ने बाध्यता थियो । 

त्यो समयमा पनि मैले यस योजनाहरुमा मेरो गाउँले दाजुभाई तथा दिदिबहिनीहरुसँग केही सर्बदान गराएर धेरै साथ सहयोग लिएको छु । जीवनको दौडानमा मैले समाजको हितको लागि धेरै सामाजिक कामहरु गरे जस्तो त लाग्दैन । तर मैले कहिले पनि सोचेकै थिएन । यसरी तपाईहरु समक्ष सहयोगको अपिल राख्नु पर्छ होला भनेर । तर यो काचो शरीर हो । जीवनको भोगाईहरुमा जे पनि हुँदो रहेछ । त्यसैले त आज म तपाईहरु समक्ष सहयोगको अपिल राख्दै छु । थाहा छैन, जीवन कहाँ अनि कसरी गएर टुंगिन्छ । तर आज तपाईँहरूको माया र सद्‌भावले अझै बाचेर आफ्नै गाउँको लागि बाँकी जीवन थप उर्जाका साथ सामाजिक कार्य गरेर बिताउने छु ।’

सहयोगका लागि
Bank details:
Ac name: Dhyan Kumar Rai
Ac no 0540826181205001
Sunrise Bank Limited
Branch Gaighat
Reference
Mobail no +9779863911009