समाचार

सर्वदलीय बैठकमा जुटेन सहमति : प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध कायमै

२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन् ।

केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भएपनि सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न सकेको थिएन ।

बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए। तर विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरेका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने आफ्नो अडान दाेहर्याएका छन् ।