२५ जेठ, काठमाडौं । विपक्षी दलकाे अबराेधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षीले विरोध जारी राखेपछि बैठक १५ मिनेटकाे लागि स्थगित गरिएकाे हो ।
आज प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।
प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षीले विरोध जनाउँदै आएका छन्।




