समाचार

मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने

३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले कानुन नै बनाएर प्रमुख र उपप्रमुखलाई सरकारी निवासको सुविधा उपलब्ध गराउन भएको छ ।

महानगरले जारी गरेको ‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९’ अनुसार सरकारी निवासको व्यवस्था गर्न लागेको हो । यो संगै बालेन शाह र सुनिता डंगोलले सरकारी निवास पाउने भएका छन् ।

महानगरका अनुसार अघिका मेयरहरुले लैनचौरस्थित यसअघिको उपराष्ट्रपति निवासलाई सरकारी निवासको रुपमा प्रयोग गर्ने गरेका थिए ।

ऐन अनुसार प्रमुख तथा उपप्रमुखको निवासका लागि आफ्नो उपयुक्त घर नभई घर भाडामा लिनुपरेमा कार्यपालिकाले तोकेबमोजिमको रकम उपलब्ध गराउने छ । प्रमुख र उपप्रमुखको सरकारी निवासको घरको मर्मत–सम्भार खर्च समेत महानगरपालिकाबाट हुने ऐनमा उल्लेख छ ।