पर्यटन/संस्कृति

पर्यटनमन्त्री सुदन किरातीको अब गर्ने १० काम

१५ फागुन, काठमाडौं । सँस्कृति पर्यटना तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले अब गर्ने १० कामको सुची सर्वजानिक गरेका छन् । पदबहार ग्रहण गरेको ४२ दिनमा सुधार गरेको ५ ओटा बुँध सार्वजानिक गर्दै मन्त्री किरातीले अव गर्ने १० कामको सुची सार्वजानिक गरेका हुन् ।

मन्त्री किरातीले पशुपती विश्वविद्यालय स्थापना,पशुपती सरसफाई ३ महिने अभियान, नेपाल नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरुमाथी हुने दुरव्यवहार सम्बन्धी उजुरी लिने स्थायी यूनिट निर्माण गर्ने तयारी रहेको जनाएका छन् ।

त्यस्तै, सरसफाई सँस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा (हप एण्ड हप अप) यातायत सञ्चालन गर्ने , ग्राउनडेट जहाज छानविन समिति गठन गर्ने तयारी रहेको बताए । हवाई नागरिक उडड्यन विद्येक प्रकृय बढाउने, गौत्तमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनितिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने १० बुँधमा समेटिएकाछन् ।

मन्त्री किरातीले यस अगाडी ५ काम सम्पन्न भएको जानकारी गराए । जसमा अनलाइन टिकेटिङ, सरसफाई र व्यवस्थापकिय सुधार, हवाई सुरक्षा सम्बन्धी सवैमा काम गर्ने निर्देशन, लुम्वीनी गुरुयोजना अध्यान र प्रतिवेदन साथै विमानस्थल तथा अन्य विभागिय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन रहेका छन् ।