२३ फागुन, काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा मनाउने प्रचलन रही आएको छ ।
हिमाली तथा पहाडी जिल्ला र तराइ जिल्लामा फरक फरक दिन मनाउने यो पर्व नाम पनि फरक नै रहेको छ । फागु पूर्णिमा को दिन हिमाली तथा पहाडी जिल्लामा मनाइने फागु पूर्णिमा (होली )तथा तराईमा भोलि पल्ट (आज) धूमधामका साथ मनाइरहेका छन् । होली पर्वको अवसरमा आज मङ्गलवार तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । गत सोमवार पहाडी तथा हिमाली जिल्लामा समेत सार्वजनिक बिदा दिएको थियो ।





