राजनीति

भीम रावलजीले पार्टी अनुशाशनभन्दा बाहिर जथाभाबी बोल्दै हिँड्नुभएको छः उपाध्यक्ष पौडेल

१७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमाले नेता भीम रावलले पार्टी हित बिपरीत काम गरेन अनुशासन उलंघन गरेर हिँडेको बताएका छन् ।
उनले कैलालीको धनगढीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै भीम रावल घरी के भन्ने गरेको घरि के भन्ने गरेको भन्दै अधुरा सपनाको आधारमा बोल्दै हिँडेर गल्ती गरेको बताएका छन् ।

उनले ‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको एउटा जिम्मेवार सदस्यले पालना गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले पार्टी सदस्यको कर्तव्य पालना गर्नु भएको छैन । उहाँले पार्टीको निर्णय पालना गरेर चल्नु भएको छैन । पार्टीको निर्णयको खिलाफ सार्वजनिक रुपमा बोल्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनु भएको छ ।’ भनेका छन्।

केहीदिन अगाडी पनि उपाध्यक्ष पौडेलले भीम राववले २०७९ साल मंसिर ४ गतेको निर्बाचनमा कहिल्यै पनि कसैसँग टिकट नमागेको बताएका थिए । पत्रकारहरुसँगको कुराकानीमा रावलले किन टिकट नदिएको एमालेले भन्दै उक्त कुरा बताएका थिए ।