१९ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको उपचार खर्च आफै व्यहोर्ने भएका छन् । पेट तथा छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका राष्ट्रपति पौडेल चिकित्सकहरूको सल्लाह बमोजिम नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान मा उपचारका गएका थिए ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले आज मङ्गलवार विज्ञप्ति जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति आफैले व्यहोर्न चाएको बताएका छन् । राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत गएका थिए। उनी उपचारपछि वैशाख १७ मा स्वदेश फर्केका हुन् ।






