समाचार

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौँ, २० असार । प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ। नेकपा एमालेले आज बसेको बैठक अवरुद्ध गरेपछि बिहिबारसम्मको लागि बैठक स्थगित भएको सभामुखले जानकारी दिए ।

एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।