२३ असार, काठमाडौँ । समाजवादी मोर्चाको पहिलो बैठक सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बसेको बैठकबाट समाजवादी मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने सहमति भएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
मोर्चाको नेतृत्व आलोपालो गर्ने लगभग सहमति भएको र अर्को बैठकबाट यसलाई टुंगो लगाउने एक नेताले जानकारी दिए । मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदल सदस्यमा माओवादी केन्द्रका देव गुरुङ, जसपाका राजेन्द्र श्रेष्ठ, नेकपा एसका प्रमेश हमला, नेपाल कम्युनिष्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेका छन् ।





