राजनीति

सभापति देउवाले बोलाए पदाधिकारीको बैठक

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न पार्टी पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन् ।

सभापति देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् । देउवाले भोलि पदाधिकारीसित छलफल गरेपछि पर्सि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई फेरि छलफल गर्ने तयारी पनि गरेको स्रोतले बतायो ।