समाचार

बाबुराम आचार्य प्रतिष्ठानको अध्यक्षमा प्रा. डा मानन्धर

१२ साउन, काठमाडौँ । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा. डा. त्रिरत्न मानन्धर चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष प्रा डा मानन्धर त्रिभुवन विश्वविद्यालय पूर्व रेक्टरसमेत हुन् । 

आज काठमाडौँमा आयोजित दोस्रो साधारण सभाबाट अध्यक्ष प्रा डा मानन्धर चयन भएका हुन् । 

यस्तै आजको साधारण सभाबाट उपाध्यक्षमा प्रा डा सुरेन्द्र केसी, महासचिवमा बाबुराम आचार्य, सचिवमा जयराज आचार्य, कोषाध्यक्षमा कञ्चन शर्मा आचार्य निर्वाचित भएका छन् । 

यसै गरी सदस्यहरूमा प्रा डा जगमान गुरुगं (पूर्व उपकुलपति नेपाल प्रज्ञा प्रतिष्ठान) प्रा डा मिना ओझा, निर्जला आचार्य र प्रकाश दर्नाल निर्वाचित भएका छन् ।  

यसै गरी समाजको संरक्षकमा प्रा डा तुलसीराम वैद्यलाई प्रतिष्ठानले चयन गरेको छ । लुम्बिनी विश्वविद्यालय पूर्व उपकुलपति प्रा डा वैद्य प्रतिष्ठानका निवर्तमान अध्यक्ष हुन् ।