समाचार

खोटाङ बराहपोखरी सेवा समाजको नयाँ कार्यसमिति चयन, अध्यक्षमा श्रेष्ठ

२० साउन, काठमाडौं। खोटाङ बराहपोखरी सेवा समाज काठमाडौंको दोस्रो वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौंको कोटेश्वरमा आयोजित एक कार्यक्रमबाट अध्यक्ष कृष्णकुमार श्रेष्ठको नेतृत्वमा २१ कार्यसमिति सदस्य चयन गरेको छ ।

०७५ सालमा स्थापना भएको यस सेवा समाजको उपाध्यक्षमा उमेश श्रेष्ठ, सचिव चन्द्र राई, उपसचिव गणेश बुढाथोकी, कोषाध्यक्षमा चन्द्रकला राई र सहकोषाध्यक्ष राधा सुबेडी चयन भएका छन् ।

यस अगाडीको कार्यसमितिमा महासचिव पद भए पनि दोस्रो वार्षिक साधारणसभाबाट विधानमा नराखेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । विगत ५ वर्षदेखि यस समाजले जिल्लाबाट राजधानीमा आएका समस्यामा परेका मानिसहरुलाई आर्थक सहयोग गर्दै आएको उपाध्यक्ष श्रेष्ठले बताए ।

यस सेवा समाजको गठन ०७५ सालमा टिचिङ्ग अस्पतालमा केहि सिमित मानिसहरु मिलेर स्थापना गरेको उनले बताए। यस सेवा समाजले दुर्घटनाबाट र विभिन्न रोगबाट पिडित व्यक्तिहरुलाई उपचारको लागि आर्थिक सहयोग गर्दै आएको बताए ।

त्यस्तै, सचिव चन्द्र राईले यस संस्थामा बस्दै गर्दा अन्य केहि व्यक्तिहरुले समाजसेवा गर्नको लागि पहिला आफ्नो गास, बास र कपासले पूर्ण हुनपर्ने भन्दै अपमान गरेको बताए ।

उनले आफुले यस साधारणसभाको लागि बोलाउँदा राजधानीमा बसेर समाजसेवा भन्दै हिड्नु गलत भएको र पहिला आफ्नो लागि सोच्नु भन्दै जवाफ दिएको बताए ।

यस सेवा समाजले जिल्लाका विभिन्न आर्थिक रुप्म्ले पिडित परिवारको लागि उपचार खर्च र कोरोना महामारीको समयमा पनि घर पठान आर्थिक सहयोग गरेको राईले बताए।

आउने समयमा पनि सेवा समाजले यस कार्यलाई निरन्तरता दिने र सेवा समाजको लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेको उनले बताए ।