३० साउन, दाङ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार रहेको बताएका छन् ।
पूर्वसभामुख समेत रहेका महराले यस प्रकरणमा आफ्नो नाम जोडिएपछि यो वबषय छिटो टुंगोमा पुगोस् भन्ने पक्षमा आफू रहेको बताए ।
मंगलबार घोराहीमा पत्रकारसँग कुरा गर्दै उनले भने, “सुन प्रकरणमा मेरो नाम मुछिएपछि म सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् भनेकै छु । जुनबेला बोलाए पनि जान तयार छु ।”
चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रूपमा मात्र चिनेको भन्दै महराले भने, “त्यसबाहेक उनलाई मैले चिनेको छैन । सुन प्रकरणमा मेरो गलत प्रचार भएको छ । सञ्चार माध्यममा गलत प्रचार भएको छ ।”





