प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको Dental सम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. सँग भदौं १ गते सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र Guheswori को तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन । यो संगै क्यापिटलका ग्राहकहरुले Guheswori मा सेवा लिदाँ १५ प्रतिशत छुट पाउन सक्छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर Guheswori लाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् ।





