आर्थिक

आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा आदर्श मिश्र

२५ भाद्र, काठमाडौँ । आई पे रेमिटले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्ती गरेको छ । यस सम्झौता ले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा बृद्धी लगायत ग्राहक संख्यामा बृद्धी हुने अपेक्षा राखेको छ ।

विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेव दिदै आईरहेको आई पे रेमिट प्रा.लि. मलेसिया, जापान, कोरिया, कतार, UAE लगायत विश्वका विभिन्न मुलुक वाट रेमिट्यान्स भित्राइरहेको छ ।

Cash Pickup, Realtime Account Deposit लगायत e-walletload को सुबिधा आई पे रेमिटले ग्रहक वर्गहरुलाई दिदै आईरहेको व्यहोरा आई पे रेमिटका बजार प्रमुख रुप नारायणले खुलस्त पारे ।