२६ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई सोमबार राति एमाले पार्टी कार्यालयमा राखिने भएको छ ।
सोमबार विहान निधन भएको उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपराह्न ५ बजेसम्म एमाले पार्टी कार्यालय, च्यासलमा राखिएको थियो ।
एमाले सचिव योगेश भट्टराईका अनुसार बुधबार विहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि समय तोकिएको छ । त्यसपछि नेम्वाङको पार्थिव शरीरलाई उनको बालुवाटारस्थित निवासमा लगिनेछ । पर्सि मात्र नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ ।





