२६ भाद्र, काठमाडोँ । डेल्टा अटोकर्प प्रा.लि., इटालियन पियाजियो ग्रुपको १०० प्रतिशत भारतीय सहायक कम्पनी र आइकोनिक भेस्पा र स्पोर्टी अप्रिलिया रेन्जको स्कूटर निर्मातालेनेपालका लागि नयाँ अप्रिलिया एसआर १६० ल्याएको छ ।
नयाँ अप्रिलिया एसआर १६० प्राविधिकरुपमा अत्याधुनिक i–get इन्जिनले सुसज्जित छ, जसले सवारी चालकहरूलाई उनीहरूको दैनिक सिग्नल–टू–सिग्नलको दौड जित्नको लागि एक्सेलेरेसनमा महत्त्वपूर्ण फाइदा दिन तयार गरिएको छ । आधुनिक सहरी चालकहरूको माग पूरा गर्न डिजाइन गरिएको अप्रिलिया एसआर १६०, यसको उच्च प्रदर्शन र आकर्षक स्पोर्टी लुकका लागि परिचित छ र यो राइडरहरूकोरोजाइमा पर्ने स्कुटर हो ।
अप्रिलिया एसआर १६० मा शक्तिशाली १६०अअ इन्जिन छ र यो मात्र ७.५ सेकेन्ड भित्रै ० देखि ६० किलोमिटर प्रति घण्टा सहजै जान्छ । यो स्कूटर सहरी सडकहरुमा चलाउन सजिलो छ, विशेष गरी ट्राफिकमा यसले ज्यादै उपयोगी फाइदा दिन्छ । यो पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरूले पनि सुसज्जित छ । यसको स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिंगले गर्दा योशहरी चालकहरू र युवा चालकहरूका लागि एक उचित विकल्प बन्ने छ ।





