राजनीति

महामन्त्री थापाद्वारा १० साउन यता भएका र हुन नसकेका कार्य प्रस्तुत

४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १० साउनदेखि हालसम्म गर्न नसकिएका कार्यहरुको विवरण सुनाएका छन् ।

आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले १० साउनदेखि हालसम्म भएका र गर्न नसकिएका कार्यहरुको विवरण केन्द्रीय समितिको बैठकमा राखेका छन् ।

त्यस्तै, उनले ७० वटा विभागमा १५ वटाको प्रमुख र एकमा प्रमुख सहित सदस्यहरु मनोनित गरिएको जानकारी गराए । हालसम्म प्रचार विभागमा मात्रै सदस्य विस्तार भएको महामन्त्री थापाले सुनाए ।

सभापतिले गठन गर्नुपर्ने अनुशासन समितिले पूर्णता पाएको उनले बैठकलाई जानकारी गराए । महामन्त्री थापाले तल्लो तहका सम्मेलन हुँदै गरेको र कतिपयमा समस्या देखिएको उनले बैठकमा सुनाए ।