प्रदेश 1

कोशी प्रदेश : २ मन्त्री र २ राज्यमन्त्रीमा नियुक्त

८ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।

त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।