२४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद इजरायल जाने भएका छन् । इजरायलमा रहेका नेपालीहरूलाई लिन मन्त्री साउद आँफै जाने लागेका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्री आफैं जाने निर्णय गरेको हो । नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्पयम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन ।
साथै कोही व्यवसायिक रुपमा जहाज चढेर आउन चाहे टिकट भाडा पनि सरकारले व्यहोर्ने निर्णय भएको उनले बताइन । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् ।
तेल अबिबस्थित नेपाली दूताबासका अनुसार करिव ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।





