राजनीति

कांग्रेसको छवि धूमिल भएकामा काँग्रेस बरिष्ठ नेता डा कोइराला चिन्तित

१८ कात्तिक, मलेखु (धादिङ) । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले नेताहरुको व्यक्तिवादी चरित्रले नेपाली कांग्रेसमा किचलो बढेको आरोप लगाएका छन् ।

कांग्रेस राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा आन्तरिक झगडामा रुमल्लिनु दुःखद् भएको नेता कोइरालाले बताए ।  बिपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको उल्लेख गर्दै कोइरालाले नेताहरुकै कमजोरीका कारण कांग्रेसको छवि धूमिल भएकामा चिन्ता व्यक्त गरे ।

नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै नेता कोइरालाले अब हुने सबै निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गरे । उक्त सम्मेलनलाई संस्थापन पक्षका नेताले बहिष्कार गरेका थिए ।