समाचार

राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ। निर्वाचन आयोगले मङ्सिर अन्तिम साता सम्म राष्ट्रिय सभा निर्वाचनको लागि दल दर्ता गर्ने भएको छ। राष्ट्रिय सभा को लागि १९ सदस्य चयन गर्नको लागि माघ ११ गते निर्वाचन हुने भएको हो। सरकारले निर्वाचनको मिति तोकेपछि आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ। स्वीकृतको तलिकानुसार निर्वाचनमा भाग लिने सदस्य दलहरुलाई मङ्सिर २४ गते देखि २९ गते सम्मको समय निर्धारण गरिएको हो।


पुष १ गते दलहरुलाई निर्वाचन चिन्ह दिइने आआयोग्ले बताएको छ। पुष १६ गते निर्वाचन अधिकृत नियुक्त गरिने र २० गते देखि २९ गतेसम्म निर्वाचन कार्यक्रम संचालन गर्ने तयारी छ।उम्मेदवारी दर्ताको समय तोकिएको छैन । तर अहिलेसम्म आयोगको तयारी २० पुसमा उम्मेदवारी दर्ता गर्ने छ ।