अन्तर्राष्ट्रिय

म्यानमारमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

४ फागुन, याङ्गुन । म्यानमारको दक्षिणी अय्यारवाडी क्षेत्रमा शुक्रबार ३० जना भन्दा बढी मानिस बोकेको एक्सप्रेस बस पल्टिँदा १ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएको म्यानमारको अग्नि सेवा विभागले जनाएको छ । उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान करिब १० बजेर ५५ मिनेटमा अय्यारवाडी क्षेत्रको क्याक्लाट टाउनसिपमा भएको हो ।

मोटरसाइकललाई जोगाउन खोज्दा बस अनियन्त्रित भई पैदल यात्रुलाई ठक्कर दिएर खाल्डोमा खसेको विभागका एक जना अधिकारीले सिन्ह्वालाई बताउनु भएको छ ।