१८ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दाहाल, ओली र नेपालबीच भेटवार्ता भएको हो । सो क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए ।
भेटमा आइतवारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठकमा नेपाल सहभागी भएको विषयमा पछि छलफल भएको बताइएको छ ।





