आर्थिक

कुमारी बैंक र N.D. Thirty-Nine Business Group बीच सम्झौता

६ असार, काठमाडौँ । कुमारी बैंक लिमिटेड र N.D. Thirty-Nine Business Group Pvt. Ltd. (Filli) काठमाडौं बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई Filli बाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले Filli का लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा QR द्वारा गर्दा १०% छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट ग्राहक महानुभावहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहक महानुभावहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।