२१ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्ने बताएका छन्।
शुक्रबार कमलादीस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले संसद् फेस गर्ने आँट गर्नुपर्ने बताएका हुन्।
“हामी अहिलेको सरकारमा कायम रहेका छौं। यो सरकारले संसदको सामान गर्न आँट राख्नुपर्छ। हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ। हामी लोकतन्त्र गणतन्त्र संविधानको रक्षा गर्न परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्छौं,”उनले भने।





