राजनीति

कांग्रेस-एमालेलाई रास्वपाको आरोप : बेचन झा प्रकाउ परेपछि राजनीतिमा ठुलो चलखेल भयो

२४ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बेचन झालाई पक्राउ गरेपछि ठूलो राजनीतिक दाउपेच भएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले प्रतिवादी बनाउन नचाहेको झालाई अहिलेको सरकारले समातेपछि सरकार ढलेको दाबी गरे ।

“नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्षअघि अदालतमा पेस गरिएको अभियोगपत्रमा प्रतिवादी नबनाइएको झालाई जब सरकारले नियन्त्रणमा लियो त्यसपश्चात् राजनीतिक बेचैनी सुरु भयो । त्यसबेला सरकारले अभियोजनपत्रमा समेत नाम नराखेको झालाई जब सरकारले समात्यो राजनीतिक चलखेल सुरु भयो,” उनले भने ।